सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नेपालविरुद्ध क्यानडाको १० ओभरमा कुनै विकेट नगुमाई ५६ रन

शनिबार, २७ माघ २०८०, १० : १३
शनिबार, २७ माघ २०८०

काठमाडौँ । नेपालविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले १० ओभरमा कुनै पनि विकेट नगुमाई ५६ रन बनाएको छ । क्यानडाका ओपनर नवनित धालिवाल २८ र एरोन जोन्सन २३ रन बनाउँदै क्रिजमा छन् । 

क्यानडाविरुद्धको दोस्रो खेलबाट नेपाली यू-१९ टोलीका तिब्रगतिका बलर आकाश चन्दले सिनियर टोलीमा ‘डेब्यू’ गरेका छन् ।  कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो । 

नेपाल र क्यानडाबिच तीनवटा एकदिवसीय खेलको शृङ्खला आयोजना हुन लागेको हो । यसअघि बिहीबार खेलिएको पहिलो खेलमा नेपालले क्यानडामाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप