प्रचण्डप्रति खनालको टिप्पणी : जुन जोगी आए पनि कानै चिरेका
शनिबार, २७ माघ २०८०, १० : ४५
पोखरा । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले नयाँ सरकार बनेको एक वर्षसम्म पनि कुनै काम हुन नसकेको बताएका हुन् ।
'जोगी त धेरै आए, तर सबैका कान चिरेकै रहेछन् । त्यसो हुनाले यो देशमा अर्को ठुलो आमूल परिवर्तन आवश्यक छ,' उनले भने, 'यो सरकारसँग मान्छेले आस गर्न छोडेका छन् । सरकारले जनतामा आसा जगाउन सकेन ।' गठबन्धन सरकार मौसमको उपज भएको उनको तर्क छ । 'यो गठबन्धन मौसमको उपज हो । खास मौसममा उत्पत्ति भएको हो,' उनले भने, 'यसबाट खास अपेक्षा गर्न सकिएन । अब कोर्स परिवर्तन गरेर जानुपर्छ ।'
उनले कृषि, उद्योग लगायत क्षेत्रमा प्रभावकारी काम हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नहाम बने बेलायतका ५९ औँ प्रधानमन्त्री, राजा चार्ल्सद्वारा सरकार गठनको आह्वान
-
चुरे संरक्षण र कृषि औजार कारखानाको दुर्दशा : सरकारी दाबी र यथार्थ फरक रहेको सांसदहरूको आरोप
-
रोशी खोलाले बगाएर काभ्रेमा एक जनाको मृत्यु
-
बजेट नआए पनि सुदूरपश्चिममा नियमित प्रशासनिक काम राेकिँदैनन् : अर्थमन्त्री धामी
-
बागमतीमा कम्युनिस्ट गठबन्धनलाई प्राथमिकता दिने दुई दलको नीति
-
स्पेनको दोस्रो विश्वकप उपाधि : युवा खेलाडी र उत्कृष्ट रणनीतिको कमाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण