सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट

आकाशले डेब्यू खेलमै लिए विकेट, क्यानडालाई पहिलो झट्का

शनिबार, २७ माघ २०८०, १० : ५४
शनिबार, २७ माघ २०८०

काठमाडौँ । आकाश चन्दले सिनियर टोलीबाट डेब्यू गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट लिएका छन् । उनले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी क्यानडाविरुद्धको दोस्रो एकदिवसीय खेलमा विकेट लिएका हुन् । 

आकाशको यो डेब्यू खेल हो । उनले क्यानडाका ओपनर ब्याट्सम्यान नवनीत धालिवाललाई आशिफ शेखद्वारा क्याच गराए । मैदानमा जमिसकेका नवनितले ४६ रन बनाए । 

उनले पेभेलियन फर्किनुअघि ६० बलमा आठ चौका हिर्काए । १८।२ ओभरमा नवनीत आउट हुँदा क्यानडाले एक विकेट गुमाएर ९४ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप