नेपालविरुद्ध क्यानडाको २० ओभरमा १ विकेट गुमाएर १०० रन
काठमाडौँ । नेपालविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले २० ओभरमा एक विकेट गुमाएर एक सय रन बनाएको छ । क्यानडाका ओपनर एरोन जोन्सन अविजित ४६ र तेस्रो नम्बरका ब्याट्सम्यान परगत सिंह अविजित एक रन बनाउँदै क्रिजमा छन् ।
क्यानडाको पहिलो विकेट आकाश चन्दले लिएका हुन् । आकाशले सिनियर टोलीबाट ‘डेब्यू’ गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट लिएका हुन् । सिनियर टोलीबाट आकाशको यो ‘डेब्यू’ खेल हो । यू-१९ राष्ट्रिय टोलीका तिब्रगतिका बलर आकाशले क्यानडाका ओपनर ब्याट्सम्यान नवनित धालिवाललाई विकेटकिपर आशिफ शेखद्वारा क्याच गराए । मैदानमा जमिसकेका नवनितले ४६ रन बनाएका थिए । उनले पेभेलियन फर्किनुअघि ६० बलमा आठ चौका हिर्काए । १८.२ ओभरमा नवनित आउट हुँदा क्यानडाले एक विकेट गुमाएर ९४ रन बनाएको थियो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले टस जिती पहिले ब्याटिङको निणर्य लिएको हो । नेपाल र क्यानडाबिच तीनवटा एकदिवसीय खेलको शृंखला आयोजना हुन लागेको हो । यसअघि बिहीबार खेलिएको पहिलो खेलमा नेपाली टोलीले क्यानडामाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण