पर्यटन प्रवर्द्धन गर्न गण्डकीको मन्त्रीपरिषद् बैठक बागलुङको पञ्चकोटमा बस्ने
आइतबार, २८ माघ २०८०, ०९ : २४

पोखरा । गण्डकी प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि बागलुङको पञ्चकोटमा मन्त्रीपरिषद् बैठक डाकेको छ । सोमबार धार्मिक क्षेत्र पञ्चकोटमा बैठक आयोजना गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रदेश भित्रका ऐतिहासिक, धार्मिक, पुरातात्त्विक, पर्यटकीय स्थलहरूको प्रवर्द्धनका लागि घुम्ती रूपमा मन्त्रीपरिषद् बैठक आयोजना गर्न लागिएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।
‘हाम्रा ठाउँको प्रचार हामीले पनि गर्नुपर्छ । प्रदेशको समृद्धि पर्यटनमै छ,’ उनले भने, ‘त्यसमा टेवा पुग्ने गरी पञ्चकोटबाट सुरुआत गरिएको हो । आगामी दिनमा अन्य ठाउँहरूमा पनि बैठक आयोजना गर्छौँ ।’
पञ्चकोटमा फागुन ९ देखि २३ गते सम्म ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ आयोजना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय अभ्यासलाई पारदर्शी र जनमुखी बनाउन प्रेस जगतको खबरदारी आवश्यक छ : अध्यक्ष दाहाल
-
'एकता महाधिवेशन'मा हाम्रो संलग्नता छैन : बद्री केसी पक्ष
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
-
एमालेले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
प्रशेष पाण्डेले जिते ‘भ्वाइस अफ नेपाल’को उपाधि
-
थकान, बढ्दो वजन थाइराइडको संकेत हुनसक्छ