बटरफ्लाई टिमले बाँड्यो विद्यार्थीलाई स्कुल पहिरन
काठमाडौँ । बटरफ्लाई फिल्मस्ले काभ्रे जिल्ला पनौती नगरपालिका–९ ओम डाँडास्थित कमलादेवी आधारभूत विद्यालयमा अध्ययनरत ८० विद्यार्थीलाई जाडोको न्यानो कपडा सहयोग गरेको छ । फिल्मस्ले सेलिब्रेटी नेपाल प्रतिष्ठानको व्यवस्थापनमा विद्यालयका लागि उपयोगी ट्रयाकसुट वितरण गरेको हो ।
सरकारी स्कुलमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि केही राहत होस् भनेर ट्र्याक सहयोग गरेको बटरफ्लाई फिल्मस्का प्रबन्ध निर्देशक जेनिश पहारीले बताए । आगामी दिनमा पनि सामाजिक कार्यहरू निरन्तर गर्दै जाने कम्पनीको योजना रहेको पहारीको भनाई रहेको छ ।

फिल्म युनिटबाट न्यानो कपडा पाउँदा विद्यार्थीहरू खुसी देखिन्थे । कार्यक्रममा बटरफ्लाई फिल्मस्का प्रबन्ध निर्देशक जेनिश पहारी, सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटा, बटरफ्लाई फिल्मस्का सृजन श्रेष्ठ, पाइलट अर्बिन पहारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश कुँवर, प्रधानाध्यापक राजु ठकुरी लगायतको उपस्थिति थियो ।
शिशुदेखि ८ कक्षासम्म पढाइ हुने कमलादेवी आधारभूत विद्यालयमा न्यून वर्गीय परिवारका ८० विद्यार्थी पठन पाठनमा छन् । बटरफ्लाई फिल्मस्ले नेपाली, हिन्दी, अंग्रेजी फिल्म वितरण गर्दै आएको छ । फिल्मस्को नेपाली फिल्म निर्माण गर्ने योजना पनि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण