एयरपोर्टमा सांसदकै सुटकेस फुटाएर चकलेटको पोको चोरिएपछि...
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो सुटकेस फुटाएर चकलेट चोरिएको गुनासो गरेकी छिन् । आइतबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष उनले गुनासो गरेकी हुन् ।
आफन्तहरूसँग मलेसिया र सिंगापुर भ्रमण सकेर विमानस्थल आएर सुटकेस लिने क्रममा सुटकेस फुटेको र चकलेट चोरी भएको अवस्थामा पाएको उल्लेख गरिन् । सांसद प्रसाईंले भनिन्– ‘संसारको कुन एयरपोर्टमा यात्रुको सुटकेस फुटाइन्छ । तर नेपालको एयरपोर्टमा यसरी फुटाइँदो रहेछ ।’
उनले सरकारको यस्ता घटनातर्फ ध्यानाकर्षण हुनुपर्नेमा जोड दिइन् । उनले अध्यागमन विभाग र भन्सारका कर्मचारीलाई तालिम दिनुपर्न अवस्था रहेको उल्लेख गरिन् । साथै आफू भारतबाट काठमाडौँ आउँदा आफूले साडी ल्याएको झोला जबरजस्ती खोतलेको तर आफूभन्दा माथिल्लो तहको सँगै रहेका व्यक्तिले धेरै सामान ल्याए पनि ती व्यक्तिमाथि कुनै जाँच नगरेको उल्लेख गर्दै एयरपोर्टमा यस्तो किन भयो भन्दै प्रश्न गरिन् । उनले गृहमन्त्री श्रेष्ठलाई काँकडभिट्टा नाका खुलाउने पहल गर्न आग्रह समेत गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण