काठमाडौँ महानगरपालिकालाई मेयर कप
काठमाडौँ । जैशीदेवल यूथ क्लबको आयोजनामा चौथो बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता २०८० मा काठमाडौँ महानगरपालिका टिम च्याम्पियन भएको छ ।
अबेर साँझ सम्पन्न भएको दुई दिने प्रतियोगितामा प्रमुख प्रायोजक काठमाडौँ महानगरपालिकाको टिमले सबभन्दा बढी सात स्वर्ण पदक जित्यो । आयोजक जैसीदेवल यूथ क्लबको ए टिम पाँच स्वर्ण पदकसहित उपविजेता र गोदावरी नागरपालिका तीन स्वर्ण पदकसहित तेस्रो भयो । प्रतियोगितामा बागमती प्रदेशका १८ नगरपालिका र आयोजकका दुई टिम गरी कूल २० टिमले सहभागिता जनाएका थिए ।
सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा भएको सो प्रतियोगिताअन्तर्गत जैशीदेवल तेक्वान्दो डोजाङका राहुल हाङ लिम्बू वेस्ट मेल फाइटर र कागेश्वरी नगरपालिकाका सम्पदा सिवाकोटी वेस्ट फिमेल फाइटर घोषित भइन् । राहुलले ३८–४२ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । सो स्पर्धामा काठमाडौँ महानगरपालिकाका रोहन भुजेलले रजत तथा बाह्रबिसे नगरपालिकाका अभिषेक र ललितपुर महानगरपालिकाका अलिस न्यौपानेले संयुक्तरुपमा कांस्य पदक जिते ।
वेस्ट फिमेल फाइटर सम्पदा ३८–४२ केजीमै च्याम्पियन भएकी हुन् । सो इभेन्टमा बुढानीलकण्ठ महानगरपालिकाकी कृतिका कटवालले रजत तथा काठमाडौँ महानगरपालिकाकी शलिना श्रेष्ठ र जैसिदेवल एकी श्रृष्टी मालीले कांस्य पदक हासिल गरे । यसैगरी विमला विक उत्कृष्ट रेफ्री र काठमाडौँ महानगरपालिकालाई टिम च्याम्पियन बनाउने राजेन्द्र खत्री सर्वश्रेष्ठ प्रशिक्षक घोषित भए । वेस्ट फाइटर पुरुष र बेस्ट फाइटर महिलालाई जनही १५० अमेरिकी डलर र सर्वश्रेष्ठ निर्णायक र उत्कृष्ट प्रशिक्षकलाई जनही एक सय डलर पुरस्कार प्रदान गरियो । यसैगरी सर्वश्रेष्ठ पुम्से पुरुष खेलाडी रोजन प्रजापति र सर्वश्रेष्ठ पुम्से महिला पुम्से खेलाडी सरगम थापा घोषित भए । यी दुवैले पनि जनही एक सय डलर पुरस्कार पाए । आयोजकका रोजन र गोदावरी नगरपालिकाकी सरगमले १७ वर्ष मुखि पुम्सेमा स्वर्ण पदक जितिन् ।
कूल चार सय खेलाडी सहभागी रहेको प्रतियोगिताअन्तर्गत पारा तेक्वान्दो (के ४४) मा अमिर ब्लोन पहिलो र भरतसिंह महता दोस्रो स्थानमा रहे । प्रतियोगितामा आठ/आठ तौल समूहमा ब्वाइज र गर्ल्सतर्फ प्रतिस्पर्धा भएको थियो । प्रत्येक स्वर्ण पदक विजेतालाई दुई हजार, रजत पदक विजेतालाई एक हजार र कांस्य पदक विजेतालाई पाँच सय रुपियाँ पुरस्कार प्रदान गरियो । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले विजेता टिम र खेलाडीहरूलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण