शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योतिष रिजाल सम्मानित

आइतबार, २८ माघ २०८०, १८ : ३८
आइतबार, २८ माघ २०८०

काभ्रे ।  ज्योतिष तथा वास्तुविद् सुरेश चन्द्र रिजाल सम्मानित भएका छन् ।

दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय समिति र एष्ट्रो वास्तु एण्ड साइन्सेस हव पटना भारतको संयुक्त आयोजनामा काभ्रेको धुलिखेलमा आयोजित अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलनमा ज्योतिषीय क्षेत्रमा पुर्‍याएको योगदानको बापत रिजाल सम्मानित भएका हुन् । 

पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाका ज्योतिषको रूपमा चिनिने रिजालले जीवनको महत्त्वपूर्ण समय ज्योतिष तथा वास्तुका क्षेत्रमा समर्पित गरेको भन्दै सम्मान गरिएको हो । उनी दक्षिण एसियाली ज्योतिष महासंघराष्ट्रिय समितिका उपाध्यक्ष हुन् ।

सम्मेलनको उद्घाटन संघीय संसद् प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गरेका थिए ।

कार्यक्रममा नेपाल पन्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारी, विश्व ज्योतिष महासंघका अध्यक्ष डा।लोकराज पौडेल, एसियन एष्ट्रोलोजर कङ्रेस अध्यक्ष मण्डलका महासचिव प्राडा एस.के शास्त्री, नेपाल पन्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक ज्यो।पं।सुर्यप्रसाद ढुङ्गेल, भारतबाट दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय समितिका सहअध्यक्ष आचार्य डा. अशोककुमार मिश्र, दक्षिण एसियाली ज्योतिष महासंघका प्रमुख सल्लाहकार प्राडा माधवप्रसाद पाण्डे, नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष ज्यो।माधवराज पाण्डे, दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति बंगलादेशका कोषाध्यक्ष फकिर एसिर अरफत मेहदी, श्रीलंकाबाट दक्षिण एसियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष डा.जि.एम.गुणपाला, दक्षिण एसियाली ज्योतिष महासंघ भुटानका सभापति डा।प्रेमसिंङ साम्पाङ्ग राई, विश्व ज्योतिष महासंघ मलेसियाका सभापति डा.टि.सिल्वा, थाइल्यान्डबाट तनुश्री दुवे, विश्व ज्योतिष महासंघ बर्माका सभापति डा.नारायणप्रसाद पाण्डे र अमेरिका, जापान, चीन लगायतका विभिन्न देशका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

सम्मेलनमा ज्योतिष, वास्तु तथा तन्त्रका विषयमा गहन  छलफल भएको थियो । कार्यक्रममा विभिन्न देशबाट सहभागी ज्योतिषीहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप