वर्षको उत्कृष्ट महिला खेलाडी बनिन् राजपुरा पछाई
काठमाडौँ । एथलेटिक्सकी राजपुरा पछाई वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ–पल्सर स्पोटर्स अवार्डको २०औँ संस्करणमा उनी वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन् ।
उनले पुष्पा भण्डारी (एथलेटिक्स) र अनुशा मल्ल (बास्केटबल) लाई पछि पार्दै उपाधि हात पारेकी हुन् । विजेतालाई बजाज पल्सर मोटरसाइकल पुरस्कार दिइनेछ ।
एथलेटिक्सकी राजपुराले १६औँ एसियन क्रसकन्ट्री च्याम्पियनसिपको १० किमिमा रजत पदक जितेकी थिइन् । उनले १६औँ एसियन क्रसकन्ट्री च्याम्पियनसिप महिला टिममा रजत (पुष्पा भण्डारी र विन्द्राधन्के श्रेष्ठ) पनि हात पारेकी थिइन् ।
यसैगरी उनले नवौं राष्ट्रिय खेलकुदको महिला पाँच हजार मिटरमा रजत, वीर गणेशमान सिंहमा स्वर्ण र धरान १० किमि रोड रेसमा स्वर्ण हात पारेकी थिइन् । उनले कान्तिपुर, पोखरा, लुम्बिनी, इलाम माइपोखरी र प्रधानसेनापति हाफ म्याराथनमा पनि स्वर्ण चुमेकी थिइन् । उनले नेपालगन्ज म्याराथनको पाँच किमि दौडमा स्वर्ण रराष्ट्रिय एथलेटिक्सको तीन हजार मिटर दौडमा रजत जितेकी थिइन् ।
यस्तै एथलेटिक्सकी पुष्पा बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा राष्ट्रिय कीतिमानसहित स्वर्ण पदक जित्ने खेलाडी हुन् । उनले १६औं एसियन क्रसकन्ट्री च्याम्पियनसिप महिला टिममा रजत (राजपुरा पछाई र विन्द्राधन्के श्रेष्ठ) पदक हात पारेकी थिइन् ।
यसैगरी उनलेनवौँ राष्ट्रिय खेलकुदको महिला १० हजार मिटरमा कांस्य, सहारा हाफ म्याराथनमा स्वर्ण, कान्तिपुर हाफ म्याराथनमा रजत, वीर गणेशमान सिंह १० किमि रोड रेसमा रजत तथा मदन भण्डारी स्मृति पाँच किमि रोड रेसमा रजत हात पारेकी थिइन् ।
यस्तै बास्केटबलकी अनुशा माल्दिभ्समा भएको साबा वुमेन्स च्याम्पियनसिपमा रजत पदक जित्ने टोलीकी सदस्य हुन् । त्यो प्रतियोगितामा उनले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनी नवौं राष्ट्रिय खेलकुदमा वागमती प्रदेशबाट रजत पदक जित्ने टोलीकी प्रभावशाली खेलाडी पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण