पार्टीलाई पुरानै अवस्थामा फर्काउन शुद्धीकरण गर्दै अघि बढ्नुपर्छ : उपसभापति गुरुङ
चितवन । नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पार्टीलाई पुरानै अवस्थामा फर्काउनसके अग्रज नेताहरुको सम्मान हुने बताएका छन् ।
स्व वलराम पौडेलको १२औँ दिनको पुण्यतिथिका अवसरमा नेपाली कांग्रेस चितवनले आइतबार आयोजना गरेको श्रद्धाञ्जलीसभामा उनले पौडेलजस्ता लोकतान्त्रिक आन्दोलनका अगुवाको सम्मानका लागि पार्टीलाई पुरानै अवस्थामा फकाउन जरुरी रहेको बताएका हुन् ।
उनले भने, “पार्टीलाई पुरानै अवस्थामा फर्काउनका लागि शुद्धीकरण गरेर अघि बढ्नुपर्छ ।” कांग्रेसलाई रुपान्तरण गर्दै पुरानै अवस्थामा फर्काउनसके मात्र त्यागी नेताहरुको सम्मान हुने उनले बताए । स्व पौडेलले पार्टीमा पुर्याएको योगदानको चर्चा गर्दै उनले पौडेलको निधनले पार्टीमा ठूलो क्षति पुगेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमा रेग्मी र टेकप्रसाद गुरुङ, नेपाली कांग्रेस बागमतीका सभापति इन्द्र बानियाँ, चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान जिल्ला सभापति जीतनारायण श्रेष्ठ, पूर्वसभापति रामकृष्ण घिमिरे, कृष्णलाल सापकोटा, शेषनाथ अधिकारी, तोपमान सिंह गुरुङ, कांग्रेस नेता वामदेव खनाललगायतले स्व पौडेलले देश, लोकतन्त्र र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
श्रद्धाञ्जली सभामा परिवारले पौडेलले अध्ययन गरेको त्रिभुवन माध्यमिक विद्यालय तनहुँ र अध्यापन गरेको भरतपुर महानगरपालिका–१६ को दुर्गा शेषकान्त माध्यमिक विद्यालयमा रु दुई लाख ५० हजारका दरले अक्षयकोष स्थापना गरेको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलले जानकारी दिए ।
स्व पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशका पूर्वमन्त्री थिए । उनको यही माघ १७ गते सडक दुर्घटनामा परी निधन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण