अख्तियारको बुटवल कार्यालयमा स्थानीय तहविरुद्धका उजुरी बढी

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा स्थानीय तहविरुद्धका उजुरी बढी रहेको पाइएको छ । अख्तियारको ३३ औँ स्थापना दिवसको अवसरमा बुटवल कार्यालयले आयोजना गरेको कार्यक्रममा स्थानीय तहविरुद्ध बढी उजुरी आउने गरिएको जानकारी दिइएको हो ।
अख्तियारका बुटवल कार्यालय प्रमुख राजेन्द्रकुमार पौडेलले आयोगमा स्थानीय तहविरुद्धका उजुरी बढी आउने गरेको बताए । अख्तियारको लुम्बिनी कार्यालयमा गत आर्थिक वर्षमा आएका ३ हजार २५८ उजुरीमध्ये सबैभन्दा बढी
स्थानीय तहका रहेको उनले जानकारी दिए । लुम्बिनीमा बुटवल र नेपालगन्जमा कार्यालयले प्रदेशका १२ वटै जिल्ला हेर्ने गरेको छ । बुटवल कार्यालयमा गत आर्थिक वर्षमा कुल १ हजार ५३३ उजुरी रहेकोमा ६९।१४ प्रतिशत अर्थात् १ हजार ५१ उजुरी फर्स्योट भएको कार्यक्रममा जानकारी गराइएको थियो । यस्तै विस्तृत अनुसन्धानमा रहेका १०३ मध्ये ४१ वाट फस्टौ गरेको जनाएको छ ।
कार्यक्रममा लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रतिनिधि र राष्ट्रसेवक सबैले शुद्ध मनका साथ काम गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: विद्यालय शिक्षा विधेयक अन्योलमादेखि सुनमा पाइलैपिच्छे कर
-
हामी विगतबाट सिक्छौँ, वर्तमानको सामना गर्छौँ र भविष्यबारे सोच्छौँ
-
१२ वर्षमा १० वटा सरकार : कसरी फस्यो सरकार अस्थिरताको चक्रव्यूहमा ?
-
‘ई–स्पोर्टस्’मा नाम र दाम कमाउँदै ‘जेन–जी’ पुस्ता
-
जेन–जी युवाले अध्ययन र अदालतमा देखेको अन्तर
-
विकासबारे ‘जेन–जी’को बुझाइ र अपेक्षा कस्तो छ ?