साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव
काठमाडौँ । साउदी अरेबियासँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव गरिएको छ । नेपालले साउदी अरेबियासँग एक महिनाभित्रै श्रम सम्झौतालाई अन्तिम रुप दिन प्रस्ताव गरेको छ ।
यूएईको आबुधाबीमा भइरहेको ‘आबुधाबी डायलग’ मा सहभागी हुन पुगेका दुबै देशका अधिकारीहरुले एक महिनाभित्र श्रम सम्झौतामा हस्ताक्षर गर्ने वातावरण बनाउने प्रस्ताव गरिएको हो ।
नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको नेतृत्वमा गएको नेपाली टोली र साउदीका श्रम अधिकारीहरुबीचको साइडलाइन बैठकमा नेपालले उक्त प्रस्ताव गरेको हो ।
विगत ८ वर्षदेखि साउदीसँग श्रम समझदारी गर्ने प्रयास भइरहेको छ । तर, सफल हुन सकेको छैन । साउदीले श्रमिकको हितको विषयमा नेपालले गरेका थुप्रै प्रस्ताव स्वीकार नगर्दा सहमति जुट्न नसकेको श्रम मन्त्रालयले जनाएको छ ।
आइतबारको बैठकमा नेपाली पक्षले सम्झौतामा ‘स्वच्छ भर्ना प्रणाली’, सामाजिक सुरक्षा, बीमा, पेशागत स्वास्थ्य सुरक्षा लगायतका विषयमा छलफल गर्न आग्रह गरेको थियो । साउदीले घरेलु श्रमिकको लागि पनि छुट्टै श्रम समझदारी गर्नुपर्ने अडान लिँदा श्रम समझदारी हुन सकेको थिएन ।
श्रम मन्त्रालयका प्रवक्ता राजिव पोखरेलले साइडलाइन बैठकमा साउदीबाट सीपमूलक जनशक्ति उत्पादन निम्ति तालिम केन्द्र स्थापना गर्न हालसालै प्राप्त सहयोगलाई निरन्तरता दिने विषय छलफल भएको बताए । त्यस्तै भाषा र सीप जानेका श्रमिक उत्पादनमा सहकार्य गर्नेबारे समेत छलफल भएको उनको भनाइ छ ।
कफाला प्रणाली एवं विभिन्न कारणले मृत्यु भएका श्रमिकको डेथ बडी छिट्टै नेपालसम्म पठाउन सक्नेगरी सहजीकरण एवं सप्लाई कम्पनीमा गएर काम नपाउने अवस्थाको निरुत्साहित गर्ने विषयमा समेत छलफल भएको थियो ।
खाडी मुलुकको निजी क्षेत्रहरुबाट दक्ष जनशक्तिको माग बढ्दै गएको हुँदा सीपयुक्त जनशक्ति विकासको लागि लेबर रिसिभिङ कन्ट्री लेबर सेण्डिङ कन्ट्रीबीच सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण