आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रस्ताव

आइतबार, २८ माघ २०८०, २१ : २८
आइतबार, २८ माघ २०८०

काठमाडौँ । कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रस्ताव गरिएको छ । यूएईको आबुधाबीमा भइरहेको ‘आबुधाबी डायलग’ मा सहभागी भएका दुवै देशका श्रम अधिकारीहरुबिचको साइडलाइन मिटिङमा कतारी अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीमा हस्ताक्षर गर्ने गरी तयारी गर्न सहमत भएका हुन् ।

कतारसँग सन् २००३ मा द्विपक्षीय श्रम सम्झौता भएको थियो । उक्त सम्झौतालाई आवश्यक संशोधनका लागि दुवै देशका अधिकारी सक्रिय छन् । कतारी राजाको नेपाल भ्रमणको क्रम सम्झौतामा हस्ताक्षर गर्ने गरी तयारी थालिएको हो ।

उक्त दुई पक्षीय बैठकमा सीप साझेदारी श्रमिकहरुको हक हित सुरक्षाका विषयवस्तु थप गर्ने दुवै देशले अनलाइन कन्सल्टेशन गरी चाडै टुङ्ग्याउने विषयमा सहमत भएका छन् ।

कतार पक्षबाट घरेलु कामदारका निम्ति पर्याप्त सुरक्षाका व्यवस्थाहरु गरिएको हुँदा भाषा र सीप सिकाएर सम्मानित रुपमा मात्र पठाउन तालिम प्रदान गर्न कार्यमा सहकार्य गर्ने प्रस्ताव गरिएको थियो ।

कतार समेत घरेलु कामदार माग गर्दै आएको छ । घरेलु कामदारको लागि आवश्यक पर्ने सेवा, सुविधा, सामाजिक सुरक्षा तथा आवश्यक सुरक्षा प्रवर्द्धन कतार सरकारले मिलाउने बताउँदै आएको छ । 

त्यसका लागि नेपालमा नै सीप सिकाउने र सीप सिकिसकेपछि मात्रै कतारमा घरेलु कामदारको रुपमा पठाउन सकिनेगरी आवश्यक व्यवस्था गर्न कतार रहेको बताउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप