कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रस्ताव
काठमाडौँ । कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रस्ताव गरिएको छ । यूएईको आबुधाबीमा भइरहेको ‘आबुधाबी डायलग’ मा सहभागी भएका दुवै देशका श्रम अधिकारीहरुबिचको साइडलाइन मिटिङमा कतारी अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीमा हस्ताक्षर गर्ने गरी तयारी गर्न सहमत भएका हुन् ।
कतारसँग सन् २००३ मा द्विपक्षीय श्रम सम्झौता भएको थियो । उक्त सम्झौतालाई आवश्यक संशोधनका लागि दुवै देशका अधिकारी सक्रिय छन् । कतारी राजाको नेपाल भ्रमणको क्रम सम्झौतामा हस्ताक्षर गर्ने गरी तयारी थालिएको हो ।
उक्त दुई पक्षीय बैठकमा सीप साझेदारी श्रमिकहरुको हक हित सुरक्षाका विषयवस्तु थप गर्ने दुवै देशले अनलाइन कन्सल्टेशन गरी चाडै टुङ्ग्याउने विषयमा सहमत भएका छन् ।
कतार पक्षबाट घरेलु कामदारका निम्ति पर्याप्त सुरक्षाका व्यवस्थाहरु गरिएको हुँदा भाषा र सीप सिकाएर सम्मानित रुपमा मात्र पठाउन तालिम प्रदान गर्न कार्यमा सहकार्य गर्ने प्रस्ताव गरिएको थियो ।
कतार समेत घरेलु कामदार माग गर्दै आएको छ । घरेलु कामदारको लागि आवश्यक पर्ने सेवा, सुविधा, सामाजिक सुरक्षा तथा आवश्यक सुरक्षा प्रवर्द्धन कतार सरकारले मिलाउने बताउँदै आएको छ ।
त्यसका लागि नेपालमा नै सीप सिकाउने र सीप सिकिसकेपछि मात्रै कतारमा घरेलु कामदारको रुपमा पठाउन सकिनेगरी आवश्यक व्यवस्था गर्न कतार रहेको बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण