आबुधाबी डायलगमा श्रम मन्त्री : सीपमूलक रोजगारमा जोड
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीपमुलक रोजगारमा जोड दिनुपर्ने बताएका छन् । यूएईको अबुधाबीमा भइरहेको अबुधाबी डायलगमा नेपालको तर्फबाट सम्बोधन गर्दै श्रममन्त्री भण्डारीले युवा लक्षित उयुक्त शिक्षा तथा कार्यक्रमद्वारा सीपमुलक रोजगारमा जोड दिने बताएका हुन् ।
श्रम बजार सुचना प्रणाली स्थापना र सुचनाको आदानप्रदान गर्ने व्यवस्था मिलाउन आह्वान गरे । लचिलो श्रम नीति मार्फत श्रम बजारमा लैङ्गिक समता प्रबर्ध्दन गर्न जरुरी रहेको उनको भनाई थियो । रोजगार दाता तथा श्रमिक दुबै पक्षका आवश्यकताको सम्बोधन गर्ने गरी विधमान श्रम नीतिको पुनरावलोकन गर्ने कार्य भइरहेको भनाई थियो ।
श्रम बजारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न रहेको सरकारी तथा गैर सरकारी संस्थाहरुबिच विश्वासिलो वातावरण सिर्जना गरी सुमधुर सम्बन्ध स्थापना गर्न आवश्यक रहेको कुरामा जोड दिए । श्रमिक तथा निजको परिवारलाई बलियो सामाजिक सुरक्षाको माध्यमबाट संरक्षण गर्नु सदस्य राष्ट्रको समान दायित्व रहेको बताए ।
सदस्य राष्ट्रबीच श्रमिकहरुको न्युनतम ज्यालाको प्रत्याभूति दिने तर्फ यो फोरमले प्रतिबद्धता जनाउनुपर्ने धारणा राखेका थिए । सदस्य राष्ट्रहरुबीच नेटवर्किङ कायम गर्ने साझा सिकाईलाई प्रबर्ध्दन गर्ने श्रम बजारलाई बढी दक्ष र उत्पादनमुलक बनाउने बताए ।
भविष्यमा प्राप्त हुन सक्ने अपार सम्भावना एवं आधुनिक प्रविधिलाई आत्मसात गर्न सक्ने गरी दक्ष जनशक्ती तयार गर्न निश्चित कार्य योजना तयार गरी आजैबाट पहल गर्नु फोरम मार्फत सदस्य राष्ट्रलाई आव्हान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण