रुकुम घटना : जातीय विभेदजन्य आपराधिक काम

काठमाडौँ । तीन वर्षअघि रुकुम पश्चिममा ६ जना युवकको ज्यान जानेगरी भएको घटना जातीय विभेदजन्य आपराधिक काम भएको व्याख्या जिल्ला अदालतले गरेको छ । रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीले गत मंसिर १९ मा गरेको फैसलाको हालै सार्वजनिक पूर्ण पाठमा जातीय विभेदकै कारण गाउँलेले ६ जना युवकलाई कुटपिट गरी मारेको ठहर गरिएको छ ।
२०७७ जेठ १० मा गाउँलेले घरेलु हतियारसहित घेरा हाली ती युवालाई कुटपिट गरेका थिए । आक्रमणपछि नवराज विकसहित २१ वर्षीय सन्जु विक, १७ वर्षीय गणेश विक, १८ वर्षीय लोकेन्द्र सुनार, गोविन्द शाही र २० वर्षीय टीकाराम सुनारको मृत्यु भएको थियो । उनीहरू सबैको शव भेरी नदीमा भेटिएको थियो ।
जिल्ला अदालतले वस्तुतः जातीय विभेदजन्य काम आपराधिक भएको व्याख्या गरेको छ । 'जातीय विभेदजन्य काम व्यक्तिको सम्मान र प्रतिष्ठामा आँच पुऱ्याउने आपराधिक कार्य हो,' अदालतले भनेको छ । अदालतले जातीय भेदभावको कुरा सबै मानवबराबर मर्यादा र अधिकारसहित स्वतन्त्र रूपमा जन्मेका हुन्छन् भन्ने मानवअधिकारको विश्वव्यापी घोषणापत्रको विपरीत हुने ठहर पनि गरेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा लाग्ने प्रतिबद्धता
-
गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज
-
'मिस ग्रान्ड नेपाल २०२५' जित्ने दाउमा गरिमा
-
कसिलो स्रोतबिच सुदूरपश्चिम प्रदेशको महत्वाकांक्षी बजेट
-
बागमती प्रदेशको बजेट : स्थानीय तहले कति पाए ?
-
बागमती प्रदेशको बजेटः कृषि र पर्यटन क्षेत्रका के–के परे प्राथमिकतामा ?