बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

आमाको सम्झना गर्ने दिनमा ‘आमा’बोलको गीत

सोमबार, ०३ वैशाख २०७५, १२ : ०१
सोमबार, ०३ वैशाख २०७५

काठमाडौं – मातातीर्थ औंसी अर्थात आमाको सम्झना गर्ने दिनको अवसर पारेर लेखु सहयात्रीले ‘आमा’ बोलको गीत भिडियो सहित ल्याएका छन् । 
सहयात्रीको स्वर तथा राजन खतिवडाको संगीत रहेको गीतको एरेन्ज फणिन्द्र राईले गरेका हुन् । अर्जुन अधिकारीको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन छ, भने निशान घिमिरेको सम्पादन रहेको छ । 
सुशान्त खत्रीको अभिनय भिडियोमा देख्न सकिन्छ । भारतीय डान्स रियालिटी शो ‘डान्स च्याम्पियन’मा बलिउडका स्टार सलमान खान र कट्रिना कैफको अगाडी नृत्य गरेर चर्चामा सुशान्तले भिडियो पनि राम्रो अभिनय गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप