शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

दुई संसदीय समितिको बैठक बस्दै

सोमबार, २९ माघ २०८०, ०८ : ५०
सोमबार, २९ माघ २०८०

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा उपकुलपति नियुक्ति प्रक्रियालगायत विषयमा शिक्षा,विज्ञान तथा प्रविधि  मन्त्रालयसँग छलफल हुनेछ । 

उपकुलपति नियुक्तिबारे भइरहेको कामप्रति उठिरहेको सरोकारबारे छलफल गर्न राईलाई बोलाइएको समिति सदस्य विद्या भट्टलाईले रातोपाटीलाई जानकारी दिइन् । त्रिविका तत्कालीन उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकाल पूरा भएको तीन महिनासम्म नयाँ उपकुलपति नियुक्ति हुन सकेको छैन ।

मन्त्री नेतृत्वको सर्च कमिटीले उपकुलपतिका लागि निवेदन आह्वान गरेपछि ४३ जनाको आवेदन परेको थियो । तीमध्येबाट १४ जनाको सर्टलिस्ट सार्वजनिक भइसकेको छ । सर्ट लिष्ट आएपछि त्रिवि उपकुलपति नियुक्तिमा झन् राजनीतिकरण हुन थालेको छ । सोमबारको बैठकमा अन्य विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रकरणबारे पनि छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप