दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा उपकुलपति नियुक्ति प्रक्रियालगायत विषयमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयसँग छलफल हुनेछ ।
उपकुलपति नियुक्तिबारे भइरहेको कामप्रति उठिरहेको सरोकारबारे छलफल गर्न राईलाई बोलाइएको समिति सदस्य विद्या भट्टलाईले रातोपाटीलाई जानकारी दिइन् । त्रिविका तत्कालीन उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकाल पूरा भएको तीन महिनासम्म नयाँ उपकुलपति नियुक्ति हुन सकेको छैन ।
मन्त्री नेतृत्वको सर्च कमिटीले उपकुलपतिका लागि निवेदन आह्वान गरेपछि ४३ जनाको आवेदन परेको थियो । तीमध्येबाट १४ जनाको सर्टलिस्ट सार्वजनिक भइसकेको छ । सर्ट लिष्ट आएपछि त्रिवि उपकुलपति नियुक्तिमा झन् राजनीतिकरण हुन थालेको छ । सोमबारको बैठकमा अन्य विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रकरणबारे पनि छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण