सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

कानेपोखरी गाउँपालिकाको केन्द्र भैंसाबारीमा सार्न कोशी प्रदेशद्वारा संघ सरकारलाई सिफारिस

सोमबार, २९ माघ २०८०, १० : ५९
सोमबार, २९ माघ २०८०

विराटनगर । कोशी प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवन ५ नम्बरस्थित भौंसाबारीमा सार्न संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री शमशेर राईले जानकारी दिए ।

‘कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन हाल भइरहेको ठाउँबाट वडा नम्बर ५ मा सार्ने गाउँसभाको दुई तिहाई बहुमतले निर्णय गरेको र उक्त निर्णय कार्यान्वयन गराउन अदालतबाट समेत फैसला आएको हुँदा सोहीअनुसार भौंसाबारीमा प्रमुख प्रशासकीय भवन सार्न संघ सरकारलाई सिफारिस गर्ने निर्णय भएको छ,’ उनले भने । 

यस्तै मन्त्रिपरिषद्को बैठकले प्रदेश किताबखाना निर्देशिका २०८० स्वीकृत गरेको छ भने बराह पोखरी गाउँपालिकाको नाम परिवर्तन गरेर बाराहापोखरी गाउँपालिका राख्न माग गर्दै उक्त गाउँपालिकाले गरेको सिफारिस गरेअनुसार संघ सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । यस्तै मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष २०८१/०८१ को लागि समपुरक र विशेष अनुदानसम्बन्धी पनि केही निर्णय गरेको मन्त्री राईले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप