‘राष्ट्रियसभाको भूमिकामा सकारात्मक बुझाई छैन’
सोमबार, २९ माघ २०८०, १२ : १९
काठमाडौँ । राष्ट्रियसभाका सांसद नारायण दाहालले राष्ट्रियसभाको भूमिकाप्रति सकारात्मक बुझाई हुन नसकेको बताएका छन् । सोमबारको बैठकमा बोल्दै माओवादी नेता समेत रहेका दाहालले राष्ट्रियसभाको गरिमा र यसले गर्ने काममा सवै चिन्तित भएपनि नयाँपन दिन नसक्दा कसैको चासो समेत नरहेको बताए ।
‘राजनीतिक क्षेत्र, सञ्चार, प्रवुद्ध क्षेत्रका व्यक्तिसँग बुझ्दापनि राष्ट्रिय सभाप्रति सकारात्मक पाइदैन’, उनले भने, ‘हामी आफैपनि चिन्ता र छलफल गर्छौ । न सञ्चारले महत्व दिन्छ, न राजनीतिक क्षेत्रमा बहस हुन्छ ?’, दाहालको प्रश्न छ । उनले राष्ट्रिय सभाका योजना र उपलव्धिलाई कसरी जनतासँग जोड्ने भनेर सोच्न जरुरी रहेको बताए ।
उनले मुलुकको राजनीतिक अवस्था कठिन अवस्थामा रहेको भन्दै राष्ट्रका मुद्दामा सत्ता र प्रतिपक्ष मिलेर अघि बढ्नसक्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण