डिजिटल कर्णाली कन्क्लेभ फागुनमा
सुर्खेत । फागुन १८ र १९ गते डिजिटल कर्णाली कन्क्लेभ २०२४ आयोजना हुने भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा हुने दुई दिने कन्क्लेभमा ४० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता हुनेछ ।
कर्णाली प्रदेशको डिजिटलाइजेसन र डेभलपमेन्टको थिममा केन्द्रित रहने कार्यक्रममा ५० बढी विज्ञ र सरोकारवालाहरू वक्ताको रूपमा रहनेछन् । सुर्खेत, वीरेन्द्रनगरस्थित सिद्धार्थ रिसोर्टमा आयोजना हुने कार्यक्रममा संघीय सरकार, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहनेछ । कन्क्लेभमा अन्य ६ प्रदेशहरूबाट पनि सम्बन्धित मन्त्री र सचिवहरूलाई निमन्त्रणा गरिनेछ ।
कन्क्लेभमा ४ वटा महत्त्वपूर्ण किनोट प्रस्तुति र ६ वटा प्यानल सेसनहरू रहेका छन् । यसैगरी नेतृत्वमा रहेका विशिष्ट व्यक्तिहरूको पावर संवाद सेसन पनि समावेश छ । कन्क्लेभमा कर्णाली प्रदेशको डिजिटल अवस्था, प्रयास र क्षमताको कुराहरूबाट कार्यक्रमको सुरुवात हुनेछ भने डिजिटल रूपान्तरणको प्रतिबद्धता र टेकअवेको रूपमा कार्यक्रमलाई समापन गरिनेछ ।
कर्णाली प्रदेशलाई प्रविधिको माध्यमबाट विकाससँग जोड्ने र डिजिटल रूपान्तरणको बाटोमा डोराउन कन्क्लेभ फलदायी हुने आयोजक संस्थाहरूले जानकारी दिएका छन् । २ दिने कन्क्लेभले प्रदेशको लागि डिजिटल रोडम्याप बनाउनको लागि पनि सहयोग पुर्याउने कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीको प्रतिबद्धता छ ।
कर्णाली प्रदेशमा डिजिटल सेवा, स्टार्टअप र नयाँ इनिसिएसनमा काम गरिरहेका संस्थाहरूलाई पनि कन्क्लेभमा जोड्ने प्रयास गरिएको छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, ऊर्जा लगायतका क्षेत्रहरूमा प्रविधिको प्रयोग प्रयोग मार्फत भइरहेका सकारात्मक प्रयासहरूलाई कन्क्लेभमा स्टल र छोटो भिडियो प्रस्तुतिको लागि अवसर प्रदान गरिनेछ । डिजिटल कर्णालीको लागि नयाँ आइडिया र भइरहेका इनिसिएटिभहरु वेबसाइट www.digitalkarnali.org मार्फत बुझाउन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : ३० तस्बिरमा हेर्नुहाेस् उम्मेदवारी दर्ता फारम भरिरहेका प्रतिनिधिहरू
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण