थप ६ दिन ‘गंगालाल’ मञ्चन हुने
काठमाडौँ । शिल्पी थिएटर, बत्तीस पुतलीले माघ १९ शुक्रवारदेखि मञ्चन थालेको नाटक ‘गंगालाल’ को मञ्चन मिति थपिएको छ । माघ २९ सम्म मञ्चन हुने भनिएको नाटक बढ्दो दर्शक र दर्शकको मागको कारण ६ दिन मञ्चन समय थपिएको नाटकका निर्देशक चे शंकरले बताए ।
सहिद गंगालाल श्रेष्ठको जीवनमा आधारित ‘गंगालाल’ नाटक गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको हो । नाटकका चे शंकर लेखन पनि हुन् । विक्रम संवत् १९९१ देखि १९९७ सम्म नेपाली राजनीतिक परिवेशमा घटेका घटनाक्रम र सहिद गंगालालका जीवनका घटनाहरूलाई आधार मानी नाटकको कल्पना गरिएको छ ।
नाटक गंगालालमा सहिद धर्मभक्त, सहिद शुक्रराज र सहिद दशरथका साथै टंकप्रसाद आचार्य, गणेशमान सिंह र कवि सिद्धिचरण श्रेष्ठसमेत पात्र बनेर मञ्चमा देखिनेछन् । सहिद दिवसको सन्दर्भ पारेर प्रदर्शन गर्न सुरु गरिएको यस नाटकलाई गत माघ १६ गते नाचघरमा सहिद दिवस मनाउँदै प्रथम मञ्चन भएको थियो ।
नाटकमा निर्भीक, शकु शाह, इनारा बानु, दीपक पछल्दंग्या, सन्दीप डंगोल, प्रदीपकुमार चौधरी, नीरज दाहाल, विश्वास मानन्धर, ऋषिकेश, कृमु एडेन बात्री, एलिजा तुम्बापो, रेवन राई, रोशन चन्दको अभिनय छ । नाटकमा प्रयोग भएको कार्टुन रोशन भण्डारीले निर्माण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण