नेपालको १० ओभरमा १ विकेट गुमाएर ६६ रन
सोमबार, २९ माघ २०८०, १४ : ०९
काठमाडौँ । तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार क्यानडाले दिएको दुई सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १० ओभरको खेल सकिँदासम्म एक विकेट गुमाएर ६६ रन बनाएको छ ।
नेपालका लागि ओपनर ब्याट्सम्यान अनिल शाह ३९ र तेस्रो नम्बरका ब्याट्सम्यान भीम सार्की सात रन बनाउँदै क्रिजमा छन् । नेपाललाई जितका लागि ४० ओभरमा एक सय ६७ रन आवश्यक छ । नेपालको हालको रन रेट ६.६० रहेको छ । हालको स्थितिमा जितका लागि नेपाललाई चाहिने रन रेट ४.१७ हो ।
नेपालले पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी १४ बलमा तीन चौकाको मद्दतले १३ रन बनाउँदै आउट भएका थिए । उनलाई क्यानडाका बलर डिल्लन हेलिगरले बोल्ड गरेका थिए । ४.५ ओभरमा उनी आउट हुँदा नेपालले ४५ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण