सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ ।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित गरेको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरेका थिए । उनले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनको क्रमसंख्या १ देखि २९ सम्मको संशोधनहरु सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।
उनले भने,‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनको क्रमसंख्या १ देखि २९ सम्म उल्लेखित संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्दछु । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनको क्रमसंख्या १ देखि २९ सम्मको संशोधनहरु सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु ।’
राष्ट्रिय सभाको अर्को बैठक फागुन ६ गते आइतबार १ बजेका लागि बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक
-
असार २२ गते त्रिभुवन विश्वविद्यालयले बाेलायाे सभा
-
त्रिभुवन विश्वविद्यालयले काज बिदामा कडाइ गर्ने
-
बस्नेतको नियुक्तिमा अदालतको रोक, बर्खास्त तामाङ पुनः पदमा फर्किने
-
रुटिन अफ नेपाल प्रालिका भिक्टर पौडेलविरुद्ध कारण देखाउ आदेश जारी
-
सेयर बजारमा सामान्य सुधार, कारोबार रकम १३ अर्ब नाघ्यो