जुत्ता प्रहारको विषयमा दुर्गेशले किन लगाए पल शाहलाई दोष ?
काठमाडौँ । गायक दुर्गेश थापाले आफूमाथि स्टेजमै जुत्ता प्रहार हुनुको दोष अभिनेता पल शाहमाथि थोपारेका छन् । उनले रातोपाटीसँग कुरा गर्दै पल शाहको गल्तीको परिणाम आफूले भोग्नु परेको दाबी गरे ।
‘पल शाहको काण्डको कारण ममाथि जुत्ता प्रहार भएको हो । पलको विषयमा म दोषी छैन’, दुर्गेशले भने, ‘त्यही कुरा पलबाट क्लियर गराउन खोजेको छु । पल शाह मसँग भागेर हिँडेका छन् ।’ आफूले फसाएको हो वा होइन भनेर मिडियाको अगाडि सँगै भनौँ भन्दा पल भागेर हिँडेको दुर्गेशको आरोप छ ,
‘मलाई दुर्गेशले फसायो भनेर पलले भनेका छन् । त्यो कुरो मिडियाको अगाडि फेस गरेर भनौँ भन्दा डराउँछन्’, दुर्गेशले थपे, ‘मसँग पनि भागेर हिँडेको छ । ऊ झुटो होइन र डर छैन भने मसँग किन भाग्नु पर्यो ?’
कार्यक्रममा समेत दुर्गेश छ कि छैन यकिन गरेर मात्र पल सहभागी हुने गरेको उनको दाबी छ ।
‘मैले फसाएको भनेर बाहिर आएको यतिका समय भयो । मलाई किन मुद्दा हाल्न सक्दैन ? भागेर हिँड्छ त ?’, दुर्गेशले थपे, ‘पक्राउ पर्नु अगाडि ४ दिन लुकेर हाम्रो क्यारिकेचर गरेर अडियो सार्वजनिक गरेको हो ।’
दुर्गेशमाथि शनिवार स्याङ्जामा आयोजित वालिङ महोत्सवमा प्रस्तुति दिने क्रममा एक युवकले जुत्ता प्रहार गरेका थिए । जुत्ता प्रहारले आफ्नो सांगीतिका यात्रामा कुनै विचलन नआउने समेत दुर्गेशले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण