गायक दुर्गेशमाथि स्टेजमा जुत्ता प्रहार
काठमाडौँ । गायक दुर्गेश थापामाथि स्टेजमै जुत्ता प्रहार भएको छ । स्याङ्जामा आयोजित वालिङ महोत्सवको अन्तिम दिन शनिबार राति स्टेज प्रस्तुति दिँदै गर्दा एक युवकले थापामाथि जुत्ता प्रहार गरेका हुन् ।
महोत्सवमा प्रस्तुति दिइरहेको बेला २७ वर्षीय एक युवकले गायक थापालाई जुत्ता प्रहार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी राजीव बस्नेतले बताए ।
‘महोत्सवको अन्तिम दिन २०–२५ हजार मानिसको भिड थियो । एक जना मानिसले जुत्ता हान्यो भने । दुर्गेश आउँदै थिए’ एसपी बस्नेतले भने ,‘जुत्ता हान्ने व्यक्तिलाई प्रहरीले ल्याएर राखेका थियो । आज दुर्गेश र आयोजक आएर भेटे । जुत्ता हान्ने व्यक्तिले मैले इन्टेनसनले हानेको होइन, एक्साइटेट भएर हानेको भने ।’ दुर्गेशले कलाकारलाई यस्तो हुन्छ भनेर सामान्य रुपमा लिएको एसपी बस्नेतको भनाई छ ।
यता दुर्गेश थापाले भने आफूमाथि जुत्ता प्रहार नभएको बताए । ‘एउटा भाइ मदिरामा झ्याप भएर नाचिरहेका रहेछन् । उनको अगाडि कसैको एउटा जुत्ता भएछ’, दुर्गेशले भने ‘कसको जुत्ता भनेर फाल्दा स्टेज छेउमा आएको थियो ।’ कसैले जुत्ता प्रहार गरेको भए आफूले कानुनी उपचार नगरी त्यसै नछोड्ने समेत दुर्गेशले सुनाए ।
कार्यक्रमको बाहिर आएको भिडियोमा पनि दुर्गेशमाथि सिधै जुत्ता प्रहर भएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण