नक्कली प्राध्यापकले उपकुलपतिका लागि आवेदन दिएको खुलासा
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका एक जनाको उम्मेदवारी खारेज भएको छ । उपकुलपति सिफारिस तथा छनोट समितिमा ४३ जनाको आवेदन परेको थियो । जसमध्ये एक जना नक्कली प्राध्यापक भएको पाइएपछि आवेदन खारेज गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए ।
आवेदन दिएकाहरूमध्ये एकराज ओझा प्राध्यापक नरहेको पाइएपछि उनको आवेदन रद्ध गरिएको सचिव अधिकारीले बताए । सोमबार बसेको संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा सचिव अधिकारीले उनको आवेदन खारेज गरिएको बताएका हुन् ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जनाको आवेदन परेको थियो । जसमा ४१ जना पुरूष र २ जना महिला थिए । तर, ओझाको आवेदन खारेज गरेपछि ४२ जनाको नाम मात्रै सार्वजनिक गरिएको सचिव अधिकारीले बताए ।
४२ जनामध्येबाट १४ जनाको नाम सर्टलिष्ट गरिएको छ । सर्टलिष्टमा परेकाहरू १४ जनाको आजदेखि प्रस्तुतीकरण सुरू भएको छ । आज सर्टलिष्टमा परेका ४ जनाको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणको कार्यक्रम रहेको छ । त्यस्तै भोली फागुन १ गते ५ जनाको र फागुन २ गते ४ जनाको प्रस्तुतीकरण हुनेछ । त्यसपछि अन्तर्वार्ता हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण