पोखरा महानगरको न्यायिक समिति सदस्यमा रजनी परियार नियुक्त
सोमबार, २९ माघ २०८०, १७ : ४९
पोखरा । घुस लिएको आरोपपछि राजीनामा दिएकी पोखरा महानगरपालिकाकी न्यायिक समिति सदस्य भावना श्रेष्ठको ठाउँमा नयाँ सदस्य मनोनीत गरिएको छ । १४ औँ नगरसभाले पोखरा १३ की रजनी परियारलाई नियुक्त गरेको हो ।
श्रेष्ठले केही समयअघि पोखरा २६ मा जग्गाको विवाद मिलाइदिने भन्दै २ लाख घुस माग गरेको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि श्रेष्ठले राजीनामा दिएकी हुन् । उनको राजीनामा स्वीकृत गरेर नगरसभाले नयाँ सदस्य नियुक्त गरेको हो ।
श्रेष्ठ र परियार दुवैजना नेपाली कांग्रेसबाट विजयी भएका वडा सदस्य हुन् । परियारले मेयर धनराज आचार्यसँग पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण