सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा महानगरको न्यायिक समिति सदस्यमा रजनी परियार नियुक्त

सोमबार, २९ माघ २०८०, १७ : ४९
सोमबार, २९ माघ २०८०

पोखरा । घुस लिएको आरोपपछि राजीनामा दिएकी पोखरा महानगरपालिकाकी न्यायिक समिति सदस्य भावना श्रेष्ठको ठाउँमा नयाँ सदस्य मनोनीत गरिएको छ । १४ औँ नगरसभाले पोखरा १३ की रजनी परियारलाई नियुक्त गरेको हो ।

श्रेष्ठले केही समयअघि पोखरा २६ मा जग्गाको विवाद मिलाइदिने भन्दै २ लाख घुस माग गरेको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि श्रेष्ठले राजीनामा दिएकी हुन् । उनको राजीनामा स्वीकृत गरेर नगरसभाले नयाँ सदस्य नियुक्त गरेको हो ।

श्रेष्ठ र परियार दुवैजना नेपाली कांग्रेसबाट विजयी भएका वडा सदस्य हुन् । परियारले मेयर धनराज आचार्यसँग पद तथा गोपनीयताको शपथ लिएकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप