१६ वटा कृषिका नीतिनियम परिमार्जन, ७८९ हेक्टरमा सिँचाइ विस्तार गर्ने योजना

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा कृषिका १६ वटा निर्देशिका, कार्यविधि, मापदण्ड तर्जुमा तथा परिमार्जन गरेको छ । चालू आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षामा बजेट तथा कार्यक्रम कार्यान्वयनका निम्ति कृषिका विभिन्न १६ वटा निर्देशिका, कार्यविधि, मापदण्ड तर्जुमा तथा परिमार्जन गरिएको हो ।
कृषि क्षेत्र विकास कार्यक्रम (एएसडिपी) मार्फत १६३ सामुदायिक पूर्वाधार निर्माणका लागि सम्झौता भएको जनाएका छ । सिँचाइ पूर्वाधारबाट ७८९ हेक्टरमा सिँचाइ क्षेत्र विस्तार हुने उल्लेख गरिएको छ । ३३ वटा सिँचाई पोखरी र ७ वटा पक्की कुलो निर्माणाधीन अवस्थामा रहेको सो समीक्षामा उल्लेख छ ।
यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ७७ जिल्लामा १६ सुपरजोन र १७७ जोन मार्फत कृषि विकास तथा उत्पादन वृद्धिको कार्यक्रम कार्यान्वयन भइरहेको उल्लेख गरेको छ ।
विभिन्न जिल्लाका ६५ हजार कृषकहरूलाई उखु बाली उत्पादन प्रवर्द्धन बापत १ अर्ब ३२ करोड रुपैयाँ भुक्तानी भएको उल्लेख गरेको छ ।
गहुँ, धान र मकैको न्यूनतम समर्थन मूल्य तोकी खरिद प्रक्रिया सुरु गरिएको समीक्षामा उल्लेख छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत विभिन्न बालीको ११२५ हेक्टर क्षेत्रफल विस्तार भएको जनाएको छ । २०८९ वटा साना सिँचाइका कार्यक्रम कार्यान्वयनमा रहेको उल्लेख छ ।
सो समीक्षामा १२०१ हेक्टरमा बिउँ उत्पादनको कार्यअघि बढाइएको उल्लेख छ । २३३ वटा भण्डारण पूर्वाधारको कार्य अघि बढेको र ४९५ जना कृषि स्नातक इन्टर्न परिचालनको कार्य अघि बढेको समीक्षामा उल्लेख छ ।
कृषि विधेयक, २०८० तथा संक्रामक नियन्त्रण विधेयक, २०८० तर्जुमा गरिएको समीक्षामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीका गुट र उपगुटहरूलाई खुसी पार्ने बजेट
-
अस्ट्रेलियाले हटायो समलिङ्गी पुरुषलाई रक्त, प्लाज्मा दानमा लगाएको प्रतिबन्ध
-
ब्युँताइँदै छ लिच्छविकालीन सप्तपाताल पोखरी, तस्बिरहरू
-
ट्रम्पले तेस्रो पटक बढाए टिकटकमाथि प्रतिबन्ध लाग्ने म्याद
-
ट्रम्पले निःशर्त आत्मसमर्पण गर्न सुझाएपछि खामेनीले दिए यस्तो प्रतिक्रिया
-
काभ्रेका १३ उत्कृष्ट स्थानीय तह सम्मानित