बक्सिङ टोली भारत जाने
सोमबार, २९ माघ २०८०, २० : २४
काठमाडौँ । इटालीको मिलानमा हुने बक्सिङको ओलम्पिक छनोटको तयारीका लागि २ खेलाडीसहित ३ सदस्यीय बक्सिङ टोली मंगलबार भारतको हरियाणा जाने भएको छ । ओलम्पिक छनोट फेब्रुअरी २९ देखि मार्च ११ तारिखसम्म हुनेछ ।
हरियाणाको रोहतकस्थित राजीव गान्धी स्पोर्ट्स कम्प्लेक्समा हुने प्रशिक्षणमा पुरुषमा चन्द्रबहादुर थापा र महिलामा अन्जली तेली सहभागी हुने छन् । प्रशिक्षकमा पूर्णबहादुर लामा छन् ।
भारतमा टोली दुई साता प्रशिक्षणमा रहने नेपाल बक्सिङ संघका महासचिव मानबहादुर भण्डारीले जनाएका छन् । टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले सोमबार एक कार्यक्रमबिच बिदाइ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण