इटालियन सिरी ए फुटबलमा उडिनेससँग युभेन्टस पराजित
मङ्गलबार, ०१ फागुन २०८०, ०७ : ४५
काठमाडौँ । इटालियन सिरी ए फुटबलमा दोस्रो स्थानका युभेन्टस पराजित भएको छ । सोमबार राति भएको खेलमा युभेन्टस १५ औँ स्थानमा उडिनेससँग १–० गोल अन्तरले पराजित भएको हो ।
उडिनेसभन्दा युभेन्टसले बल नियन्त्रण बढी गरे पनि गोल गर्न असफल भयो । ३० औँ मिनेटमा उडिनेसका लागि लाउतारो गेनेटीले गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो । एलेक्स सान्ड्रोले गरेको फ्रिकिकलाई क्लोज रेन्जमा रहेका लाउतारोले गोलमा परिणत गरेका थिए ।
सोही गोलको अग्रता अन्तिमसम्म जोगाउँदै उडिनेसले महत्वपूर्ण तीन अंक लिन सफल भयो । पराजित भएको युभेन्टस २४ खेलबाट ५३ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने उडिनेस २४ खेलबाट २२ अंकका साथ तालिकाको १५ औँ स्थानमा उक्लिएको छ । सिरी एमा इन्टर मिलान २३ खेलबाट ६० अंकका साथ शीर्ष स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण