सधैँका लागि किन बन्द भयो गोपीकृष्ण हल ?
काठमाडौँ । राजधानीको चाबहिलस्थित गोपीकृष्ण हल मंगलबारदेखि बन्द भएको छ । सञ्चालक गोपीकृष्ण मुभिज् प्रा.लिले आर्थिक संकटको कारण देखाउँदै केही दिनअघि नै हल बन्द गर्ने घोषणा गरेको थियो ।
विसं २०५२ सालदेखि सञ्चालनमा आएको हल औपचारिक रूपमा मंगलबारदेखि बन्द गरिएको निर्देशक निरक पौडेलले जानकारी दिए ।
कोरोनाको संक्रमण कालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण कम्पनीले घाटा व्यहोर्नु परेको उनको भनाइ छ । ठुलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणालीले गर्दा चलचित्र निर्माण, प्रदर्शन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको व्यवसायलाई बन्द गर्नुको पीडा व्यक्त गर्न नसकिने पौडेलको भनाइ छ ।
२ वटा पर्दाबाट सुरु गरेर ७ वटा पर्दासम्म पुगेको गोपीकृष्ण मुभिजले ४ वटा पर्दा भएको भवन २ वर्ष अगाडि नै भत्काएर मल बनाउने तयारी गरेको थियो ।
तर, अहिलेसम्म मलको काम पनि सुरु भएको छैन । पछिल्लो ‘रेड’, ‘ब्लू’ र ‘ग्रिन’ नाममा तीन पर्दा सञ्चालन गरेपनि दर्शकको सहभागिता भने न्युन रहँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण