तेस्रो भक्तपुर कप फुटबल यसै महिना
मङ्गलबार, ०१ फागुन २०८०, १७ : ०२
काठमाडौँ । तेस्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । भक्तपुर युवा टिमले आयोजना गर्ने उक्त प्रतियोगिता फागुन १८ देखि २६ गतेसम्म सञ्चालन हुने जानकारी मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिइयो ।
प्रतियोगिता महेश्वरी खेल मैदानमै हुनेछ । आयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले प्रतियोगितामा प्रथम हुने टोलीलाई एक लाख २५ हजार र द्वितीय हुने टोलीलाई ६५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जानकारी दिए ।
खेल अवधिभरका लागि खेलाडीहरुको बिमाको व्यवस्था गरिएको जानकारी पनि उनले दिए । भक्तपुर युवा टिमको स्थापना २०५० सालमा भएको हो । टिमले पहिलो पटक २०७८ साल फागुन ६ देखि १४ गतेसम्म पहिलो भक्तपुर कप फुटबल प्रतियोगिता आयोजना गरेको थियो । दोस्रो संस्करण २०७९ साल फागुन ५ देखि १३ गतेसम्म भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण