काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पुनर्संरचना आवश्यक छः खानेपानीमन्त्री
काठमाडौँ । खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधान गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पुनर्संरचना आवश्यक रहेको धारणा राखेका छन् ।
मङ्गलवार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको १६ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री यादवले काठमाडौँका जनतालाई १२ महिनै खानेपानी दिने सरकारको योजना काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पुनः संरचना नगरेसम्म सम्भव नभएको बताए ।
उनले काठमाडौँ उपत्यका खानेपानीको पुनः संरचना गरी त्यसैको प्रमुख भूमिका हुनेगरी निर्माण गर्न सके मात्रै अहिलेको खानेपानी समस्याको हल हुने विश्वास व्यक्त गरे ।
उनले काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधान गर्ने सरकारले मेलम्ची खानेपानी आयोजना ल्याउने प्रतिबद्धता जनाएको २२ वर्ष हुँदा पनि नसकेको बताए । यादवले काठमाडौँका जनतालाई पर्याप्त मात्रामा पानी अहिलेसम्म नपाएको बताए ।
उनले सरकारसँग १७ करोड लिटर पानी हुने तर माग ५१ करोड लिटर रहेको बताए ।
उनले जलवायु परिवर्तनको कारण नेपाल सबैभन्दा बढी प्रभावित देश बनेको बताए । जलवायु परिर्वतनको कारण हिमाल पग्लने,पानीका मुहानहरू र खोलाहरू सुकिरहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण