ललिता निवास जग्गासम्बन्धी मुद्दाको सुनुवाइ सकियो, भोलि फैसला सुनाउने तयारी
मङ्गलबार, ०१ फागुन २०८०, १७ : ५३
काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दामा सुनुवाइ सकिएको छ । माघ २ गतेदेखि निरन्तर सुनुवाइ भएको सो मुद्दाको सुनुवाइ मंगलबार सकिएको हो ।
विशेष अदालतमा भएको सुनुवाइको आज (मंगलबार) २१ औँ दिन हो । भोलि (बुधबार) फैसला सुनाउने तयारी रहेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।
यसअघि जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाडेको थियो । गुरुङसँग अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी समेत माग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण