अदालत
त्रिविका निमित्त उपकुलपतिले गरेको नियुक्तिविरुद्ध सर्वोच्चमा मुद्दा
मङ्गलबार, ०१ फागुन २०८०, १९ : ४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा हालै गरिएको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ । अधिवक्ता यज्ञप्रसाद अधिकारी लगायतले मंगलबार सर्वोच्चमा हालका उपकुलपति प्राडा शिवलाल भुसालले गरेको नियुक्तिविरुद्ध सर्वोच्च रिट दायर गरेका हुन् ।
त्रिवि कार्यकारी परिषद्ले हालै एक जना सायक डिन, तीन जना विभागीय प्रमुख र ६ जना क्याम्पस प्रमुख नियुक्त गरेको थियो । उपकुलपति, रेक्टर र रजिस्टार गरी तीन जना निमित्त रहेको परिषद्ले राजनीतिक भागवण्डाको आधारमा नियुक्त गरिएको भन्दै चर्को विरोध भइरहेको छ । यसका विरुद्धमा सर्वोच्चमा रिट दायर गर्दै उक्त नियुक्ति खारिज गर्न माग गरिएको छ ।
उक्त रिटमाथि भोलि (बुधबार)का लागि पेसी तोकिएको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण