शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
अदालत

त्रिविका निमित्त उपकुलपतिले गरेको नियुक्तिविरुद्ध सर्वोच्चमा मुद्दा

मङ्गलबार, ०१ फागुन २०८०, १९ : ४०
मङ्गलबार, ०१ फागुन २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा हालै गरिएको नियुक्तिविरुद्ध सर्वोच्च  अदालतमा मुद्दा दायर गरिएको छ । अधिवक्ता यज्ञप्रसाद अधिकारी लगायतले मंगलबार सर्वोच्चमा हालका उपकुलपति प्राडा शिवलाल भुसालले गरेको नियुक्तिविरुद्ध सर्वोच्च रिट दायर गरेका हुन् । 

त्रिवि कार्यकारी परिषद्ले हालै एक जना सायक डिन, तीन जना विभागीय प्रमुख र ६ जना क्याम्पस प्रमुख नियुक्त गरेको थियो । उपकुलपति, रेक्टर र रजिस्टार गरी तीन जना निमित्त रहेको परिषद्ले राजनीतिक भागवण्डाको आधारमा नियुक्त गरिएको भन्दै चर्को विरोध भइरहेको छ । यसका विरुद्धमा सर्वोच्चमा रिट दायर गर्दै उक्त नियुक्ति खारिज गर्न माग गरिएको छ । 

उक्त रिटमाथि भोलि (बुधबार)का लागि पेसी तोकिएको छ । 

ss1s2s3s4t

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप