शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस नेताहरूद्वारा महासमिति बैठक स्थलको निरीक्षण

मङ्गलबार, ०१ फागुन २०८०, २० : २३
मङ्गलबार, ०१ फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका पदाधिकारीले आगामी फागुन ७ देखि हुन गइरहेको महासमिति बैठक स्थलको निरीक्षण गरेका छन् । ललितपुरको गोदावरीमा फागुन ७ देखि १० गतेसम्म कांग्रेसको महासमिति बैठक हुँदैछ ।

बैठक स्थलको निरीक्षण गर्दै उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका उपसभापति पूर्णबहादुर खड्काले अहिलेसम्मको तयारी राम्रो भएको भन्दै आवश्यक थप तयारी जिम्मेवारी अनुसार व्यवस्थित तरिकाले सम्पन्न गर्न आग्रह गरे ।

महासमिति बैठकका लागि गठन गरिएका समितिले आ–आफ्नो जिम्मेवारी अनुसारको काम समयमा सम्पन्न गर्न पनि खड्काले आग्रह गरेका छन् । तयारीका लागि केन्द्रीय समिति वा केन्द्रीय तहबाट गर्नुपर्ने सबै सहयोग र समन्वय गरिने भन्दै सबै तयारी समयमा सक्न उनको आग्रह थियो ।

स्थलगत निरीक्षणका क्रममा महासमिति बैठक तयारीका लागि गठित विभिन्न समितिका प्रमुखहरूले आ–आफ्नो जिम्मेवारीमा रहेका कामको अवस्थाबारे जानकारी पदाधिकारीहरूलाई गराएका थिए । 

निरीक्षण कार्यक्रममा कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, केन्द्रीय सदस्यहरू उदयसम्शेर राणा, जितजंग बस्नेत लगायतका नेताहरू पनि सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप