बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय भलिबल प्रतियोगिता : तीन विभागीय टोलीसहित गण्डकी सेमिफाइनलमा

मङ्गलबार, ०१ फागुन २०८०, २० : ४९
मङ्गलबार, ०१ फागुन २०८०

बुटवल । रुपन्देहीको बुटवलमा जारी राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा तीन विभागीय सहित गण्डकी भिड्ने भएको  छ। तिलोत्तमामा जारी नवौँ मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टिमको दबदबा कायमै रहेको हो । 

विभागीय टिम नेपाल पुलिस, एपीएफ, त्रिभुवन आर्मी र गण्डकी प्रदेश खेलको सेमिफाइनल पुगेपछि  प्रतिस्पर्धा रोचक हुने देखिएको छ । आज भएको प्रतियोगितामा नेपाल पुलिस क्लब र कोशी प्रदेश बिच भएको खेलमा नेपाल पुलिस क्लबले सोझो सेटमा कोशीलाई हराउन सफल भएको छ । प्रहरीले २५–१७,२५–१३,२५–१५ मा कोशीलाई रोक्दै नेपाल पुलिस क्लब विजयी भएको हो । खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाल पुलिस क्लबका खेलाडी पहल गहतराजलाई खेलको म्यान अफ द म्याच  हुन सफल भएका छन्  । 

दोस्रो खेल बाग्मती प्रदेश एपीएफ बिच भएको खेलमा एपीएफ क्लब विजयी भएको हो । एपीएफले पहिलो सेट २५– १८ बनाएर पहिलो सेट हात पारेको  थियो तर  दोस्रो सेट भने बाग्मतीले एपीएफलाई  १८ मा रोक्दै २५  बनाएर पुनः खेल बराबरी बनाएको थियो ।  एक-एक सेट बढेको  खेलको बाँकी २ सेट भने  एपीएफले आफनो कोल्टामा पार्न सफल भएको छ । एपीएफले बाँकी सेट २५–१९, २५–१९ ले जित्दै सेमिफाइनलको यात्रा तय गरेको हो । 

त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबिच भएको तेस्रो खेलमा सोझो सेटमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । आर्मीले २५–१५,२५–१९,२५–१९, बनाएर जित हात पारेको हो  । चौथो खेल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबिच भएको थियो । गण्डकीले २५–१७, २५–१८, २५–२२ ले लुम्बिनीलाई हराउँदै सेमिफाइनलमा पुगेको हो ।  

प्रतियोगितामा प्रथम टिमले  नगद २ लाख १ रुपैयाँ, द्वितीय हुनेले १ लाख ५० हजार १ रुपैयाँ, तृतीय हुनेले नगद १ लाख १ रुपैयाँ र सान्त्वना स्थान हुनेले नगद ५० हजार १ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र पाउने  छन्। प्रतियोगिता फागुन ३ गते सम्म सञ्चालन हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप