शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४ अर्ब राजश्व उठ्यो

बुधबार, ०२ फागुन २०८०, ०७ : ४६
बुधबार, ०२ फागुन २०८०

काठमाडौँ ।  चालुु आर्थिक वर्षको सात महिनामा (पुस–माघ) घरजग्गाको  कारोबारबाट  झन्डै  चार  अर्ब  रुपैयाँ  राजस्व सङ्कलन भएको छ । भूमि  व्यवस्थापन  तथा  अभिलेख  विभागका  अनुसार माघ महिनामा तीन अर्ब ७१ करोड २८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

 माघ महिनामा ४९ हजार २९० वटा घरजग्गा कारोबार  भएको  छ  ।  गत  पुस  महिनामा  घरजग्गा  कारोबारबाट  तीन  अर्ब  २०  करोड  ५२  लाख  १२  हजार ५३० रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । पुस महिनामा ४५ हजार २७७ वटा घरजग्गा किनबेच भएको थियो ।घरजग्गा कारोबार बढेसँगै राजस्व सङ्कलनमा वृद्धि भएको हो ।

पुस महिनाको तुलनामा माघ महिनामा घरजग्गाको कारोबार वृद्धि भएको छ । विभागका अनुसार माघ महिनामा कुल ४९ हजार २९० वटा घरजग्गा लिखित पास भएका छन् । गोरखापत्रमा खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप