निम्न माध्यमिक तहको शिक्षकका लागि दरखास्त आह्वान
बुधबार, ०२ फागुन २०८०, ०८ : २६
काठमाडौँ । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा आवेदन आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारलाई आवेदन दिन आग्रह गरेको हो ।
आजैदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ । उम्मेदवारहरूले आयोगको दरखास्त अनलाइन पोर्टल https://online.tsc.gov.np मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।
विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट https://www.tsc.gov.np बाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशमा रास्वपाका ३४३ प्रतिनिधि (सूचीसहित)
-
रास्वपाले मधेस प्रदेशको महाधिवेशन प्रतिनिधि नामावली सार्वजनिक गर्न सकेन
-
यी हुन् मधेस बाहेकका रास्वपाका महाधिवेशन प्रतिनिधि
-
बाजुरामा बस दुर्घटना हुँदा २१ जना घाइते
-
जापानको दोस्रो गोलसँगै ट्युनिसियाविरुद्ध २–० को अग्रता
-
रास्वपा महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि सहभागी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण