आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

भ्यालेन्टाइन डेको अवसर पारेर उदित र दीपाले ल्याए ‘थाहा छैन आज भोलि’

बुधबार, ०२ फागुन २०८०, १२ : २९
बुधबार, ०२ फागुन २०८०

काठमाडौँ । गायक उदित नारायण झा र दीपा झाको स्वर रहेको गीत ‘थाहा छैन आज भोलि’ सार्वजनिक भएको छ । प्रेम दिवसको अवसर पारेर सार्वजनिक गीतमा अमेरिका निवासी सरला श्रेष्ठको शब्द छ । गीतमा संगीत लक्ष्मण पोखरेलले दिएका हुन् ।

मनोज चौलागाइको एरेन्ज रहेको गीतको भिडियो पनि बनेको छ । जसमा गहिरो प्रेममा रहेको एक प्रेमीले जोडीको रोमाञ्चक प्रेम कहानी देखाइएको छ । भिडियोले प्रेममा परेको मान्छे कति खुसी हुन सक्छ भनेर देखाउन खोजेको छ । भिडियोमा भिजु पार्की र अभिनेत्री श्रद्धा क्षेत्रीको अभिनय छ । 

सुव्रत आचार्यको निर्देशन रहेको भिडियो उत्सव दाहालले छायाङ्कन गरेका हुन् । विकास दाहालको छायाङ्कन रहेको भिडियो भिडियो एसएस क्रिएशन मार्फत बाहिर ल्याइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप