लयमा फर्किए मेस्सी र स्वारेज, कोलम्बसलाई हराउँदै तेस्रो स्थानमा उक्लियो इन्टर मियामी
सारांश
- लियोनल मेस्सी र लुइस स्वारेजको उत्कृष्ट प्रदर्शनले इन्टर मियामीले कोलम्बस क्रुलाई ५-१ गोलले पराजित गर्यो।
- इन्टर मियामीले एमएलएसमा चार दिन भित्र दोस्रो ठुलो जित हासिल गर्दै अंक तालिकामा तेस्रो स्थान ओगट्यो।
- मेस्सीले २ गोल र स्वारेजले १ गोल गरे, र प्रशिक्षक मास्चेरानो आगामी खेलमा पनि लय कायम रहनेमा आशावादी छन्।
काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनल मेस्सी र उरुग्वेका प्रभावशाली खेलाडी लुइस स्वारेज लयमा देखिएपछि इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) को आफ्नो पछिल्लो खेलमा पनि जित हात पारेको छ ।
इन्टर मियामीले आइतबार सम्पन्न खेलमा कोलम्बस क्रुलाई ५–१ गोलको फराकिलो अन्तरले हराएको हो । इन्टर मियामीले चार दिनभित्र एमएलएसमा हासिल गरेको यो दोस्रो ठुलो जित हो । यसअघि गत बिहीबार इन्टर मियामीले मोन्ट्रियललाई ४–२ गोलले हराएको थियो ।
कोलम्बसलाई हराएसँगै इन्टर मियामी अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । इन्टर मियामीले १६ खेलबाट २९ अंक बटुलेको छ । यसअघि इन्टर मियामी तालिकाको छैटौँ स्थानमा आसिन थियो । इन्टर मियामीले हालसम्म आठ जित, पाँच बराबरी र तीन हारको नतिजा निकालेको छ ।
कोलम्बसविरुद्धको खेलमा इन्टर मियामीका लागि मेस्सीले दुई र स्वारेजले एक गोल गरे । खेल सुरु भएको १३ औँ मिनेटमा इन्टर मियामीका लागि टाडेओ एलेन्डले पहिलो गोल गरेका थिए । १५ औँ मिनेटमा मेस्सीले टोलीको अग्रता दोब्बर बनाए ।
निर्धारित समयको २४ औँ मिनेटमा मेस्सीले नै टोलीका लागि तेस्रो गोल थपेका थिए । ६४ औँ मिनेटमा स्वारेजले चौथो गोल गरेका थिए । इन्टर मियामीका लागि पाँचौँ गोल भने ८९ औँ मिनेटमा फाफा पिकाउल्टले गरेका थिए ।
कोलम्बसका लागि एकमात्र गोल निर्धारित समयको ५८ औँ मिनेटमा सिजरले गरेका थिए । गत बिहीबार खेलिएको मोन्ट्रियलविरुद्धको खेलमा पनि मेस्सी र स्वारेजले दुई– दुई गोल गरेका थिए ।
फिफा क्लब विश्वकपअघि आफ्ना दुई प्रभावशाली खेलाडी लयमा फर्किएपछि इन्टर मियामीका प्रमुख प्रशिक्षक जेभियर मास्चेरानो उत्साही बनेका छन् । उनले आगामी खेलमा पनि यो लय कायमै रहने विश्वास व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण