'मेयर'को मुहूर्त, शीर्ष भूमिकामा खगेन्द्र लामिछाने
काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाको जीवनीमा आधारित रहेर निर्माण हुने फिल्म’मेयर’को राजधानीमा आज मुहूर्त गरिएको छ ।
सरस्वती पूजा तथा भ्यालेन्टाइन डेको अवसर पारेर राजधानीको दरबारमार्गस्थित नारायणहिटी मन्दिरमा फिल्मको मुहूर्त गरिएको हो ।
फिल्मका कार्यकारी निर्माता तथा निर्देशक दीपेन्द्र के खनाल हुन् । ’केही राम्रो काम गरेरै छोड्छु भन्ने दृढ सपना भएको मान्छेले कठिन परिस्थिति, घात प्रतिघातका बिचमा पनि सङ्घर्ष गरेर समाजलाई आर्थिक, सामाजिक र शैक्षिक रूपमा कसरी राम्रो बाटोमा डोर्याउन सक्छ भन्ने विषयमा फिल्म केन्द्रित हुनेछ,’उनले भने ।
फिल्ममा शीर्ष भूमिकामा अभिनेता खगेन्द्र लामिछाने रहनेछन् भने उनको अपोजिटमा वर्षा राउत छिन् । त्यस्तै अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अविंशाचापा, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसीलगायत अन्य कलाकारले फिल्ममा अभिनय गर्नेछन् ।
फिल्मबाट निर्माताको रूपमा बृष्टिमां खनाल र कलाकारको रूपमा अविंशा थापाले डेब्यू गर्दै छन् । फिल्म पटकथा प्रडक्शनले निर्माण गर्न लागेको हो । शर्मिला पाण्डे र श्रृष्टिमां खनाल निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा लेखन, कृष्णबहादुर थापाको छायांकन, जयन जे बाइवा र कल्याण सिंहको संगीत रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण