विकल र सुनिल पौडेललाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ । विदेशमा सम्पत्ति लुकाएको आरोपमा पक्राउ परेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । विशेष अदालतले पौडेलद्वयलाई थप १० दिन हिरासतमा राख्न बुधवार अनुमति दिएको हो ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार पौडेलद्वयलाई थप १० दिन हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गरिएको छ । यसअघि ३ पटक ७ दिनका दरले २१ दिन हिरासतमा राख्न अनुमति दिइएकामा बुधवार थप १० दिन हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गरिएको हो ।
विदेशको बैंकमा रकम राखेको प्रमाण भेटिएपछि पौडेलद्वयलाई गत माघ १० गते अख्तियारको टोलीले पक्राउ गरी हिरासतमा राखेको थियो । सेक्युरिटी प्रिन्टिङ घोटाला प्रकरणमा मुछिएपछि उनीहरु निलम्बनमा परेका थिए ।
अख्तियारले २०८० असोज १५ गते पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । त्यस्तै २०८० वैशाखमा विकल पौडेल लगायतका व्यक्तिविरुद्ध ७० करोड रुपैयाँ बराबरको बिगो मागदावी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको थियो ।
विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भइसकेपछि पनि स्रोत साधन दुरुपयोग गरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको र विदेशमा सम्पत्ति लुकाएको तथ्य फेला परेको भन्दै उनीहरुविरुद्ध पक्राउ पुर्जी लिई अनुसन्धान सुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण