६ महिनामा २४ अर्ब ७८ करोडको धितोपत्र सूचीकृत
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा २४ अर्ब ७८ करोड रुपैयाँको धितोपत्र सूचीकृत भएका छन् । चालू वर्षको यो अवधिमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उक्त मूल्य बराबरको धितोपत्र सूचीकृत भएका हुन् ।
यसैगरी, यो अवधिसम्ममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीको संख्या २७१ पुगेको छ । अर्थमन्त्रालयले चालू वर्षको बजेटको अर्धवर्षिक मूल्यांकन गर्दै सुरुदेखि २०८० को पुस मसान्तसम्मको अवधिमा उक्त संख्याका कम्पनी सूचीकृत भएको जनाएको हो ।
यस्तै, २०८० असार मसान्तमा २०८४ अंक बिन्दुमा रहेको नेप्से परिसूचक पुस मसान्तमा आइपुग्दा २१२० अंकमा आइपुगेको विषयलाई अर्थमन्त्रालयले प्राथमिकतामा राखेको छ । तर, आजको कारोबार अवधिमा भने नेप्से परिसूचक २०७५ अंकमा छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले पछिल्ला दिनमा निरन्तर आफ्ना भाषणहरुमा सेयर बजारमा सुधार आएको बताउँदै आएका छन् । सोहीकारण, यही वर्षको असार मसान्तको तुलनामा पुस मसान्तको अवधिमा परिसूचक बढेको देखाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण