सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सेयर बजार

६ महिनामा २४ अर्ब ७८ करोडको धितोपत्र सूचीकृत

बुधबार, ०२ फागुन २०८०, २२ : ३२
बुधबार, ०२ फागुन २०८०

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा २४ अर्ब ७८ करोड रुपैयाँको धितोपत्र सूचीकृत भएका छन् । चालू वर्षको यो अवधिमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उक्त मूल्य बराबरको धितोपत्र सूचीकृत भएका हुन् ।

यसैगरी, यो अवधिसम्ममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीको संख्या २७१ पुगेको छ । अर्थमन्त्रालयले चालू वर्षको बजेटको अर्धवर्षिक मूल्यांकन गर्दै सुरुदेखि २०८० को पुस मसान्तसम्मको अवधिमा उक्त संख्याका कम्पनी सूचीकृत भएको जनाएको हो ।

यस्तै, २०८० असार मसान्तमा २०८४ अंक बिन्दुमा रहेको नेप्से परिसूचक पुस मसान्तमा आइपुग्दा २१२० अंकमा आइपुगेको विषयलाई अर्थमन्त्रालयले प्राथमिकतामा राखेको छ । तर, आजको कारोबार अवधिमा भने नेप्से परिसूचक २०७५ अंकमा छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले पछिल्ला दिनमा निरन्तर आफ्ना भाषणहरुमा सेयर बजारमा सुधार आएको बताउँदै आएका छन् । सोहीकारण, यही वर्षको असार मसान्तको तुलनामा पुस मसान्तको अवधिमा परिसूचक बढेको देखाएका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप