सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पत्नी र नातिनीसहित देवघाट पुगे पूर्वराजा, तस्बिरमा हेर्नुहोस्

बुधबार, ०२ फागुन २०८०, २२ : २५
बुधबार, ०२ फागुन २०८०

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी र नातिनीहरुसहित केही दिनयता चितवनमा छन् । उनी चितवनस्थित सोल्टी होटलमा बस्दै आएका छन् भने त्यहाँबाट राजवादीसँग भेटघाटका साथै विभिन्न मन्दिर र धार्मिकस्थलहरुको भ्रमणमा व्यस्त छन् । 

सोही क्रममा उनी बुधबार पत्नी कोमल र दुई नातिनीसहित देवघाट पुगेका छन् । त्यहाँ उनले स्नान गर्नुका साथै राजवादीहरुसँग भेटघाट समेत गरेका छन् । उनलाई देवघाटमा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले स्वागत गरेको राप्रपा चितवनका युवा नेता सुलोभ सिग्देलले जानकारी दिए । 

राजधानीमा दुर्गा प्रसाईंको कार्यक्रममा सहभागी हुन निम्ता भएपनि उनी चितवन हान्निएका थिए । उनी अझै केही दिन चितवनमै रहने बताइएको छ ।

gyanendragyanendra1gyanendra2gyanendra3gyanendra4gyanendra5gyanendra6gyanendra7gyanendra8gyanendra9gyanendra10gyanendra11gyanendra12gyanendra13

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप