दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । सिंहदरबारमा बस्ने बैठकमा मुलुकमा विद्यमान राजश्व सङ्कलन र चुहावटको स्थिति र भन्सार कार्यालयहरूमा रहेका समस्या र समाधानका उपाय सम्बन्धमा छलफल हुनुका साथै सोह्रौँ पञ्चवर्षीय योजनाको मस्यौदा सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे नै बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा नेपाल सरकार, प्रदेश र स्थानीय तहबिच र प्रदेश तथा स्थानीय तहबिच राजश्व बाँडफाँड गर्ने विस्तृत आधार, प्रक्रिया, सूचक तथा ढाँचाको सम्बन्धमा, नेपाल सरकारले प्रदेश तथा स्थानीय तहलाई र प्रदेशले स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रत्येक प्रदेश र स्थानीय तहले प्राप्त गर्ने न्यूनतम अनुदान निर्धारण गर्ने प्रक्रिया तथा विधि, आधार र सूचकको सम्बन्धमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण