शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

दुई संसदीय समितिको बैठक बस्दै

बिहीबार, ०३ फागुन २०८०, ०८ : ५१
बिहीबार, ०३ फागुन २०८०

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । सिंहदरबारमा बस्ने बैठकमा मुलुकमा विद्यमान राजश्व सङ्कलन र चुहावटको स्थिति र भन्सार कार्यालयहरूमा रहेका समस्या र समाधानका उपाय सम्बन्धमा छलफल हुनुका साथै सोह्रौँ पञ्चवर्षीय योजनाको मस्यौदा सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे नै बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा नेपाल सरकार, प्रदेश र स्थानीय तहबिच र प्रदेश तथा स्थानीय तहबिच राजश्व बाँडफाँड गर्ने विस्तृत आधार, प्रक्रिया, सूचक तथा ढाँचाको सम्बन्धमा, नेपाल सरकारले प्रदेश तथा स्थानीय तहलाई र प्रदेशले स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रत्येक प्रदेश र स्थानीय तहले प्राप्त गर्ने न्यूनतम अनुदान निर्धारण गर्ने प्रक्रिया तथा विधि, आधार र सूचकको सम्बन्धमा छलफल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप