आईसीसी विश्वकप लिग-२ क्रिकेट
नामिबियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै
बिहीबार, ०३ फागुन २०८०, ०९ : १०
काठमाडौँ । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आज पाहुना टोली नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र नामिबियाबिचको खेल बिहान सवा ९ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शुरु हुनेछ । खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ राेजेको छ ।
नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट आईसीसी विश्वकप लिग–२ (२०२३–२०२७) को सुरुवात गर्न लागेको हो । नामिबिया यो साइकलको डेब्युटेन्ट टोली पनि हो । नेपालले यो त्रिदेशीय शृङ्खलामा कुल चार खेल खेल्नेछ । पहिलो खेलमा बिहीबार नामिबियासँग खेल्नेछ भने दोस्रो खेल आगामी फेब्रुअरी १७ मा खेल्ने तालिका छ ।
यी दुवै खेलमा नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी हुने छैनन् । उनी व्यावसायिक क्रिकेट लिग खेल्न संयुक्त अरब इमिरेट्स (युएई) मा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण