आजबाट प्रसारण हुँदै ‘कमेडी च्याम्पियन सिजन–३’
काठमाडौँ । स्ट्यान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–३’ आज(बिहीबार)बाट प्रसारणमा आउने भएको छ । शोमा निर्णायक मध्यका एक प्रदीप भट्टराईले शोको एक पोस्टर शेयर गर्दै आजबाट प्रसारमा आउने जानकारी दिएका हुन् ।
हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुने शो कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ । शोको डिजिटल अडिसनमा करिब दुई हजारले सहभागिता जनाएका थिए । त्यसबाट सात सय छनोट गरिएको थियो । सात सयबाट १३२ जनालाई प्रि–जजिङमा सहभागी थिए । ७६ जनाले निर्णायक अगाडि प्रस्तुति दिएका थिए । त्यसमध्ये २४ जना छनोट भएका छन् । यहि २४ जनाबीचको रोमाञ्चक प्रतिस्पर्धा अबको शोमा हुनेछ ।
विशाल भण्डारी निर्देशक रहेको शोमा प्रदीपको अलावा सन्तोष पन्त, मनोज गजुरेल र ऋचा शर्मा निर्णायक रहेका छन् । शोको होस्ट रीमा विश्वकर्मा र मेक्सम गौंडेल रहनेछन् । शो घोषणा बुधबार राजधानीमा एक कार्यक्रमका बिच हुँदै छ ।
‘कमेडी च्याम्पियन’को सिजन–१ को विजेता हिमेश पन्त हुन् भने दोस्रो सिजन भरतमणि पौडेलले जितेका थिए । हिमेश राजनीतिमा पनि सक्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निःशुल्क स्वास्थ्य पोर्टल : ९० दिनमै २ हजार भन्दा बढीले पाए सेवा
-
विश्वविद्यालयलाई आईटी उद्योगसँग जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने
-
सर्वोच्च अदालतः जलेका २० हजार मिसिलमध्ये १८ हजार 'पुनर्जीवित'
-
के अर्जेन्टिनाले काला वर्णका खेलाडीहरूलाई स्थान दिँदैन ?
-
कांग्रेस–एमाले गठबन्धन भत्किए गण्डकीमा नेकपा हुन सक्छ निर्णायक
-
ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण