रामदीप आचार्यको प्रश्न : पार्टी प्रबलीकरण हो कि पुनर्निर्माण हो ?
काठमाडौँ । माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदीप आचार्यले पार्टी प्रबलीकरण गर्न लागेको हो कि पुनर्निर्माण गर्न लागेको त्यसमा प्रस्ट हुनुपर्ने बताएका छन् । बिहीबार जारी विधान अधिवेशन हल प्रज्ञा भवनमा समूह १७ को तर्फबाट बोल्दै स्पष्ट हुन आग्रह गरेका हुन् ।
‘प्रबलीकरण हो वा पुनर्निर्माण के हो यो विषय प्रस्ट हुनुपर्छ । प्रबलीकरण गर्दा रंग अझै रातो पोत्नुपर्छ । सर्वहारा वर्गको अधिनायकत्व मालेमावादलाई प्रज्वलित गर्नुपर्ने हुन्छ । पुनर्निर्माण गर्ने हो भने यसको रंग अलिअलि खैरो भए पनि हुन्छ । नाम खुकुलो बनाउँदै जाँदा पनि हुन्छ । एमालेसँग एकता गर्दा माओवादी छोडेकै हो । मूल स्पिरिड के हो यसको जवाफ हलले दिनुपर्छ’, आचार्यको भनाइ उद्धृत गर्दै एक सहभागीले बने ।
नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न गइरहेको अवस्थामा आफैले बनाएको व्यवस्थाको अगुवाइ गर्नका निम्ति विभिन्न आशङ्का जन्मिरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण